चलचित्र ‘मीराः स्याडो अफ अ रेन्बो’को गीत रिलिज, गीतमा उठाईयो लैंगिकताको बिषय



काठमाडौँ।
नेपाली चलचित्र ‘मीराः स्याडो अफ अ रेन्बो’को गीत सार्वजनिक गरिएको छ । एक बच्चामा देखिएको अस्वभाविक सजग मानसिक स्थिति (अटिजम)को समस्या र कसैसँगको प्राईभेट सम्बन्धलाई समाजमा देखाउन खोज्ने एक आमाको संघर्षपूर्ण कथामा बनेको यो चलचित्रको गीतको भिडियोमा प्राकृतिक रुपमा पुरुष र महिला दुवैमा आकर्षित हुने महिलाको कथा देखाईएको छ ।

भिडियोमा निर्देशक समेत रहेकी अनिता पण्डित र नायिका सुरविना कार्कीलाई प्रमुख बनाईएको छ भने अभिनेताद्वय निशान चौहान र कैलाश रावललाई पनि राखिएको छ । चलचित्रकी निर्देशक पण्डितले सार्वजनिक गीतले यस चलचित्रको अर्को कथा देखाउने बताईन् । उनले भनिन्, “यो चलचित्रमा प्राकृतिक रुपमा नै फरक महशुस गर्ने महिलाहरुको कथा यस चलचित्रमा रहेको छ । यसमा बच्चाको अटिजम समस्यासँगै आफ्नो रिलेशनसिप एक्सप्लोर गर्न चाहने आमाको कथा रहेको छ ।” यो चलचित्रमा अभिनय र निर्देशनसँगै लेखन पनि पण्डितको रहेको छ ।

यस चलचित्रमा अनिता, सुरविना, निशान, कैलाशको साथमा रोशनी कार्की र बाल कलाकार आश्वि घिमिरेको प्रमूख अभिनय रहेको छ । आश्वि फिल्मसले चलचित्र निर्माण गरेको हो । चलचित्रको रिलिज मिति छिट्टै तोकिने निर्देशक पण्डितले बताईन् ।

गीतः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu