‘झिंगेदाउ’ बन्यो ग्रामिण चलचित्र महोत्सवको उत्कृष्ट



काठमाडौँ।
दोस्रो संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’मा उत्कृष्ट फिचर चलचित्रको अवार्ड ‘झिंगेदाउ’ले जितेको छ । काभ्रेको भकुण्डेबेसीमा शनिवार आयोजित समारोहमा गतवर्षको हिट चलचित्रलाई उक्त अवार्ड प्रदान गरियो । महोत्सवमा उत्कृष्ट फिचर चलचित्र पटकथाको अवार्ड ‘प्रकाश’बाट विकास सुवेदीले प्राप्त गरे ।

चलचित्र विकास बोर्डसँगको सहकार्यमा सेलिब्रेटी नेपाल प्रतिष्ठानले आयोजना गरेको महोत्सवमा फिचर चलचित्रतर्फ उत्कृष्ट अभिनेताको अवार्ड ‘झिंगेदाउ’बाट मुकुन भुषालले प्राप्त गर्दा उत्कृष्ट अभिनेत्रीको अवार्ड ‘प्रकाश’बाट दीया मास्केलाई प्रदान गरियो । फिचर चलचित्र जुरी अवार्ड ‘प्रकाश’लाई प्रदान गरियो । निर्देशक दीनेश राउतले उक्त अवार्ड ग्रहण गरे । उत्कृष्ट फिचर चलचित्र निर्देशकको अवार्ड ‘डेसान’बाट कमल एक्चै मगरले प्राप्त गरे । उत्कृष्ट फिचर चलचित्र छायाँकारको अवार्ड पनि ‘डेसान’ले प्राप्त गर्यो । छायाँकार चक्र बहादुर महर्जनले उक्त अवार्ड हात पारे ।

उत्कृष्ट डकुमेन्ट्री अवार्ड ‘हल्कारा’ले प्राप्त गर्यो । निर्देशक दयाराम घिमिरेले उक्त अवार्ड ग्रहण गरे । उत्कृष्ट सर्ट चलचित्र निर्देशक म्युजिकल्ली अवार्ड ‘कथा एकादेशको’ लागि दीपक आचार्यलाई प्रदान गरियो । उत्कृष्ट भाषिक चलचित्रतर्फको अवार्ड गुरुङ चलचित्र ‘आफ्नै कर्म’लाई प्रदान गरियो । उत्कृष्ट सर्ट चलचित्र जुरी अवार्ड ‘परिवर्तन’बाट सरिता भारतीलाई प्रदान गरियो । उत्कृष्ट सर्ट चलचित्र निर्देशकको अवार्ड पनि ‘परिवर्तन’बाट डब्बु क्षेत्रीले प्राप्त गरे । उत्कृष्ट सर्ट चलचित्रको अवार्ड भने ‘चरित्र’लाई प्रदान गरियो । उत्कृष्ट सर्ट चलचित्र अभिनेताको अवार्ड ‘परिवर्तन’बाट प्रवण भुसालले प्राप्त गरे । उत्कृष्ट सर्ट चलचित्र अभिनेत्रीको अवार्ड ‘चरित्र’बाट श्रोता आचार्यले जितिन् । शुक्रवारबाट भएको महोत्सव उत्कृष्ट चलचित्रलाई अवार्ड वितरण गर्दै शनिवार साँझ समापन गरिएको हो ।

महोत्सवको जुरी टिममा चलचित्र सम्पादक भरत रेग्मी, चलचित्र निर्देशक समाजकी निवर्तमान अध्यक्ष रक्षा सिंह राणा र कलाकार सुवास गजुरेल थिए । महोत्सवमा सोही क्षेत्रमा जन्मिएर चलचित्र क्षेत्रमा सक्रिय तीन चलचित्रकर्मीहरु निर्देशक जनक खकुरेल, अभिनेता राज तिमल्सिना र निर्देशक उत्तमप्रसाद अधिकारीलाई सम्मान गरिएको थियो । त्यस्तै, चलचित्र पत्रकार अशेष अधिकारीलाई नगद सहित राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार समेत प्रदान गरिएको थियो । अवार्ड वितरण समारोहमा बोल्ने वक्ताहरुले यस प्रकारको महोत्सवले नेपाली चलचित्रको प्रवर्धन र दर्शक बढाउनमा भूमिका खेल्ने बताएका थिए ।

शनिवार निर्देशक दीपेन्द्र लामा, अभिनेत्री दीया पुन र ओस्कार कलेजका प्रिन्सिपल रामराजा दाहालको मास्टर क्लास समेत आयोजना गरिएको थियो ।

तस्वीर सौजन्यः सेलिब्रेटी नेपाल प्रतिष्ठान

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu