
काठमाडौँ।
निर्माणाधिन चलचित्र ‘बाघचाल’ले प्रमुख भूमिकामा अभिनय गर्ने अभिनेत्रीका लागि अडिसन आव्हान गरेको छ । चलचित्रले देश तथा विदेशमा रहेका नेपाली महिलालाई लक्षित गर्दै डिजिटल अडिसन आव्हान गरेको हो । अडिसनमा सहभागी हुन चाहनेले फोटो र दुई मिनेटको आफ्नो प्रस्तुतिसहितको भिडियो असार ७ गतेसम्म निर्माण टिमलाई पठाउनुपर्नेछ ।
यो चलचित्रमा सम्राट बस्नेतको निर्देशन रहनेछ । राजीव गुरुङ(दीपक मनाङे)को प्रस्तुतिमा निर्माण हुने चलचित्रमा कलाकारका रुपमा सांसद राजीव गुरुङ(दीपक मनाङे), सबिन श्रेष्ठ यसअघि नै फाइनल भइसकेका छन् ।


