रिलिजअघि नै ‘आदिपुरुष’को चर्को क्रेज, अग्रिम बुकिङ सुरु हुनासाथ ३६ हजार टिकट बिक्री



भारतको बहुप्रतिक्षित चलचित्र ‘आदिपुरुष’को अग्रिम बुकिङ सुरु भएको छ । आइतबारबाट चलचित्रको अग्रिम बुकिङ सुरु भएसँगै करिब ३६ हजार टिकट बिक्री भइसकेको छ । यो आँकडा आइतबार राति ११:३० बजेसम्मको हो । ३६ हजार टिकट मूल्यको कुरा गर्ने हो भने चलचित्रले हिन्दी भाषामा मात्र अग्रिम बुकिङबाट १ करोड ३५ लाख भारतीय रुपैयाँ कमाएको छ ।

तेलुगु संस्करणमा यसले २० लाखको अग्रिम कलेक्सन गरेको छ । यद्यपि, तमिल र मलयालम संस्करणहरूको रिपोर्ट अझै प्राप्त छैन । समग्रमा यसले पहिलो दिन १ करोड ६२ लाख रुपैयाँ कमाएको छ ।

६ घण्टामा १८ हजार टिकट बिक्री
चलचित्र जुन १६ गते रिलिज हुन लागेको अनुसार चार दिन बाँकी छ । हरेक दिन यी तथ्याङ्कहरू बढ्ने निश्चित छ । बलिउडको मीडिया कोइमोई डटकमको रिपोर्ट अनुसार पहिलो दिन मात्र ६ घण्टामा १८ हजार टिकट बिक्री भएको थियो । कोरोना महामारी पछि, आदिपुरुष ती चलचित्रहरू मध्ये एक हुनेछ जसको अग्रिम बुकिङ धेरै थियो। पठान, ब्रह्मास्त्र र केजिएफ २ (हिन्दी संस्करण) जस्ता चलचित्रहरू यो सूचीमा समावेश छन् ।

आदिपुरुषको बजेट करिब ५०० करोड बताईन्छ । यसलाई अहिलेसम्म बनेको सबैभन्दा महंगो चलचित्र पनि भनिएको छ । यस चलचित्रका लागि ५ सय करोड रुपैयाँ नाफा कमाउनु ठूलो चुनौती हो । बलिउडहंगामा डटकमको रिपोर्ट अनुसार चलचित्रले आफ्नो बजेटको ८५ प्रतिशत रिलिज अगावै कमाइसकेको छ । यस चलचित्रले अहिलेसम्म करिब ४३२ करोड कमाइसकेको छ । स्याटेलाइट राइट्स, डिजिटल राइट्स र म्युजिक राइट्सबाट २४७ करोड रुपैयाँ कमाएको छ । साथै, दक्षिण सर्किटमा न्यूनतम ग्यारेन्टी अन्तर्गत थिएटर राजस्वको रूपमा १८५ करोड रुपैयाँ आएको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu