नम्रता श्रेष्ठ बाथरुम जाँदा क्यामेराम्यान पछि लागेपछि …



namrata

मंगलवार राजधानीमा चलचित्र ‘नोभेम्वर रेन’को अडियो लञ्च कार्यक्रम थियो । कार्यक्रम सुरु भएसँगै मञ्चमा देखिएका नायक आर्यन सिग्देल र नायिका नम्रता श्रेष्ठबीच निकै नै देखिएको खासखुसले त्यसै त उपस्थित धेरैको ध्यान तानेको थियो । कार्यक्रममा प्रश्न उत्तरको क्रम चल्दै थियो निर्माता सुवास गिरी बोल्दै थिए, त्यो माहोलमा सबैको मनमा आश्चर्यमा परे जुनबेला आर्यन र नम्रता मञ्चबाट झठ्ठ उठेर बाहिर निस्के ।

 

उपस्थित धेरै सञ्चारकर्मी तथा क्यामेरामेनहरुको मनमा दुई नायक नायिका कार्यक्रम चल्दै गर्दा किन झ्याप्पै उठेर हिँडे त भन्ने कौतुहलता जाग्यो भने त्यो दृश्य खिच्न केहि क्यामेरा मेनहरु बाहिर निस्के पनि । तर केहि बेरपछी यी दुबै जना पुनः मञ्चमा आएपछी मात्र थाहा भयो कि आर्यन नम्रतालाई ‘बाथरुम’ देखाउन गएका रहेछन् । नोभेम्वर रेनको प्रचार-प्रसार सँगै अर्को चलचित्र ‘ताण्डव’को रातभर परेको सुटिङमा व्यस्त बन्नुपर्दा बिरामी परेकी नायिका नम्रतालाई एक्कासी ‘बान्ता’ हुन लागेपछी उनले बाथरुम पनि नदेखेकोले आर्यनले नम्रतालाई सघाउन सँगै बाहिर निस्केको बताए । त्यसो त नम्रता कार्यक्रम सुरु हुँदादेखी नै अरु दिन जस्तो नभई केहि ‘मलिन देखिएकी थिईन । कार्यक्रम सकिए लगत्तै बिरामी भएको कारण नै नम्रता बाहिरिएकी थिईन् ।

 

आर्यनले आफुले नै ‘रेष्ट’को आवस्यकता महशुस गरेर नम्रतालाई तत्कालै पठाएको बताए । चलचित्र ‘मेरो एउटा साथी छ’को पर्दाको हिट यो जोडी बास्तवमा नै निकै नजिकको मित्रतामा छ । कार्यक्रममा पनि आर्यन र नम्रताले एक अर्कालाई निकै नै नजिकको साथी भन्न पछि परेनन भने केहि दिन पछाडी नै बिहे गर्न लागेका आर्यनलाई नम्रताले अग्रिम सुभकामना समेत दिईन् । चलचित्र ‘मेरो एउटा साथीको आपार सफलतापछी पनि लामो ‘ग्याप’मा पुनः पर्दामा देखिन लागेको यो जोडी पुनः दर्शकको मन जित्न सकोस् अनि यो समयमा नजिक देखिएको यी दुई बीचको मित्रता सदा सदासम्म जीवन्त रहोस सुभकामना !!

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu