‘जय हो’को फर्स्टलुक पोस्टर सार्वजनिक



काठमाडौँ।
भाद्र ८ गते रिलिज हुने नेपाली चलचित्र ‘जय हो’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बिहिबार सिनेमाका दुई पोस्टर सार्वजनिक गर्दै चलचित्रको प्रारम्भिक प्रचार सुरु भएको छ ।

पोस्टरमा मुख्य कलाकारहरु सलोन बस्नेत, केकी अधिकारी, अर्पण थापा, निशा अधिकारी र माओत्से गुरुङ फिचर्ड छन् । सलोन सलिना फिल्मस्को ब्यानरमा निर्माण भएको यस चलचित्रका प्रस्तुतकर्ता शोभित बस्नेत हुन् । राज के अधिकारी र सुरज सरकारको लगानी रहेको सिनेमालाई टेक पौरखी राईले निर्देशन गरेका हुन् ।

सौरभ लामाको डिओपी, शम्भुजित बास्कोटा र सागर आलेको संगीत, बनिश शाहको सम्पादन रहेको यसका मुख्य सहायक निर्देशक दिप्त प्रकाश अधिकारी हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu