बल्छि ध्रुवे, राजु मास्टर, एलिश राई सहित आठजना कलाकार पक्राउ



काठमाडौँ।
गैरकानूनी कार्य गरेको आरोपमा बिहिबार आठ जना कलाकारहरुलाई नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मरिचमान श्रेष्ठ (बल्छी ध्रुवे), राजु पौडेल (मास्टर), पवन खतिवडा, एलिस राई (प्रांकस्टर), ज्वलन घर्ति मगर, गणेश देवकोटा, सरोज घिमिरे र बेगम नेपाली रहेका छन् । उनिहरुमाथि नेपालमा प्रतिबन्धित बेटिङ प्लाटफर्मको प्रचार गरेको आरोप छ ।

यसअघि प्रहरीले बुधबार वानएक्स बेटमार्फत एक अर्ब बढीको सट्टेबाजीमा संलग्न पाँच जनालाई सार्वजनिक गरेको थियो । नेपालको मुलुकी अपराध संहिता २०७४ को धारा १२५ मा जुवा खेल्न वा सट्टाबाजी गर्नु नहुने व्यवस्था छ । यसो गरेमा पहिलो पटक तीन महिनासम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना र दोस्रो पटकदेखि खेल्ने वा खेलाउनेलाई एक वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना र त्यसपछिको कसूरमा पटकैपिच्छे थप तीन महिनासम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu