सितालाई भारतकी छोरी भन्दै रिलिज हुँदै ‘आदिपुरुष’, नेपालमा भने संवाद हटाईयो



काठमाडौँ।
शुक्रबार रिलिज हुन लागेको भारतीय चलचित्र ‘आदिपुरुष’ले जानकी अर्थात सितामातालाई भारतकी छोरी भनेको तथ्य बाहिरिएको छ । बिहिबार नेपाल रिलिजको लागि जाँचपासको क्रममा उक्त चलचित्रमा जानकीलाई भारतकी छोरी भनिएको एक सेन्सर सदस्यले बताए ।

नेपाल रिलिजको लागि उक्त संवाद हटाउन लगाएर मात्र जाँसपास गरिएको ति सदस्यले बताए । चलचित्रमा रावणले सितालाई अपहरण गरी लंका पुर्याएपछि युद्धको क्रमममा सिताको लागि मात्र नभई भारतकी छोरीको लागि लडाई गर्नुपर्छ भन्ने प्रसंगमा उक्त संवाद रहेको छ ।

नेपालमा सेन्सर गर्ने क्रममा उक्त संवाद नहटाएसम्म जाँचपासको प्रमाणपत्र नदिने निर्णय बोर्डले गरेपछि वितरकले सच्याएर ल्याएका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu