चलचित्र विकास बोर्डले भन्यो, “संसारभर आदिपुरुषको संवाद सच्याउनै पर्छ”



काठमाडौँ।
भारतीय चलचित्र ‘आदिपुरुष’मा माता जानकीलाई भारतकी छोरी भनि इतिहासलाई बांगो बनाई तथ्यगत त्रुटी सहित नेपालबाहेकका मुलुकहरुमा रिलिज भएको भन्दै चलचित्र विकास बोर्डले गम्भीर ध्यानाकर्षण भएको बताएको छ । शुक्रबार बोर्ड अध्यक्ष भुवन केसीले एक वक्तब्य जारी गर्दै यसलाई सच्याएर मात्र रिलिज गर्नुपर्ने बताएका छन् ।

वक्तब्यमा भनिएको छ, “यस बिषयमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहको स्टेटमेन्ट र चलचित्र जाँचपास समितिद्वारा मौन गराईएको संवादका बिषयमा विभिन्न सञ्चारमाध्यमहरुमा आएका समाचारहरुका आधारमा सो चलचित्रले नेपालकी ऐतिहासिक पात्रको इतिहासलाई तोडमोड गरिएको देखिएकोले संसारभर जहाँ प्रदर्शन गरेपनि ‘जानकी भारतकी छोरी’ हुन् भन्ने संवादप्रति कडा आपत्ती जनाउँदछौँ ।”

यस प्रकारका विवादहरुले दुई देशबीचको सांस्कृतिक तथा कुटनीतिक सम्बन्धमा समेत खलल पुग्ने बताउँदै वक्तब्यमा यथासक्य संवाद हटाउन पहल गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत माग गरेको छ ।साथै बोर्डले संसारका कुनै पनि फिल्मले नेपालको स्वाधिनता, हाम्रा विभूतिहरुमाथिको दाबी, सीमा लगायत बिषयमा त्रुटी वा नियतवश कुनै संवाद वा दृश्य राखेर प्रदर्शन गर्नु चलचित्र विकास बोर्डको लागि कदापी मान्य नहुने बताउँदै यस बिषयमा गम्भीर चासो लिने काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह र प्रतिनिधि सभा सदस्य असिम शाहलाई हार्दिक धन्यवाद दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu