१६ अर्ब लाग्ने फिल्म सिटीलाई २० लाख बजेट आएपछि संसदमा असिमको आक्रोश



काठमाडौँ।
सोमबार प्रतिनिधि सभा बैठकमा बजेट विनियोजन विधेयक २०८०/८१ अन्तर्गत सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको छलफलको क्रममा प्रतिनिधि सभा सदस्य असिम शाह आक्रोशित बनेका छन् । चलचित्र निर्देशक समेत रहेका शाहले दोलखामा बन्दै गरेको फिल्म सिटीलाई जम्मा २० लाख छुट्टाईएको भन्दै आक्रोश व्यक्त गरेका हुन् ।

“बनेपामा इन्डोर स्टुडियोको लागि २ करोड छुट्टाईएको छ भने दोलखामा बनिरहेको अन्तराष्ट्रिय फिल्म सिटीलाई २० लाख छुट्टाईएको छ । एउटा स्टुडियोलाई २ करोड तर फिल्म सिटीलाईलाई भने जम्मा २० लाख कसरी छुट्टाईएको छ मैले बुझ्न सकिन”, आफ्नो भनाई राख्ने क्रममा फिल्म सिटीलाई महत्व दिँदै उनले भने, “सो रकमले चारवटा पर्खाल र एउटा गेटसमेत बन्न सक्दैन ।”

शाहले बर्षौँदेखि फिल्म सिटिको नाममा बर्षौँदेखि यस्ता अनावश्यक कुरा गरिरहनुभन्दा देशको प्रतिनिधित्व गर्ने चलचित्रमा राज्यले लगानि गर्न शाहले सुझाए । उनले भने, “बरु साढे २ करोड जति खर्च गरेर हरेक बर्ष एउटा चलचित्र निर्माण गर्नुस्, जसले नेपालको प्रतिनिधित्व गर्दै अन्तराष्ट्रिय फिल्म फेस्टिवलहरुमा पुगोस् । पर्यटन बढाओस् ।”

दोलखा जिल्लाको लाकुरीडाँडामा निर्माणाधिन ‘अन्तर्राष्ट्रिय फिल्म सिटी’ झण्डै ११ बर्षअघि देखि निर्माण प्रक्रियामा छ । राष्ट्रतिद्वारा प्रस्तुत चालु आर्थिक बर्षको नीति तथा कार्यक्रममा सम्बोधन भएको फिल्म सिटीले जम्मा २० लाख रकम पाउने भएपछि सांसद शाहले आक्रोश व्यक्त गरेका हुन् ।

यो सिटिको लागि चलचित्र विकास बोर्डले केहि बर्ष पहिले लगभग २ हजार रोपनी जग्गामा करिब १६ अर्ब लगानीको डिपिआर तथा मास्टरप्लान तयार गरेको थियो । जसअन्तर्गत विद्युतको प्रसारण लाईन तान्ने, स्टुडियो भित्रपर्ने झण्डै ६ किलोमिटर बाटो कालोपत्रे गर्ने, प्रवेशद्वार तथा सुचना केन्द्र तथा गेष्ट हाउसको लागी तीन वटा भवन निर्माणको काम अन्तिम चरणमा पुगेको देखिएको छ । यसमा केहि लगानि बागमती प्रदेश सरकारको समेत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu