आर्यनसँग चलचित्र खेल्दै सकम्बरी



काठमाडौँ।
पछिल्लो समय गायक प्रकाश सपुतको गीत ‘सकम्बरी’मा अभिनय गरेर चर्चामा आएकी कुशुम शर्माले अब चलचित्रमा अभिनय गर्ने भएकी छन् । उनले अभिनेता आर्यन सिग्देलसँग चलचित्र ‘संजीवनी’मा स्क्रिनशेयर गर्न लागेकी हुन् ।

प्रेममा उमेरको छेकबार हुन्छ कि हुँदैन भन्ने बिषयमा जोडघटाउ गर्ने सो चलचित्रको पोस्टर निर्देशक दिनेश श्रेष्ठले सार्वजनिक गरेका छन् । श्रेष्ठले पाको उमेरको पुरुष र कलिलो उमेरकी युवतीको प्रेमको कथालाई चलचित्रमा उतार्न लागेको बताए । निर्देशक श्रेष्ठले यसअघि ‘तिम्रो मनको मान्छे म’, ‘कामचोर’, ‘शकुन्तला’ र ‘चि मुसी चि’ निर्देशक गरेका थिए ।

आशिर सुवेदीको प्रस्तुतीमा बन्ने यस चलचित्रमा श्रद्धा क्षेत्री, अर्जुन श्रेष्ठ र अनुसुया श्रेष्ठको पनि अभिनय रहने बताईएको छ । यसको छायांकन तालिकाबारे भने केहि बताईएको छैन ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu