‘आदिपुरुष’मा बालेन एक्सन: आफ्नो क्षेत्राधिकार बुझ्न साञ्चारमन्त्रीको आग्रह



काठमाडौँ।
नेपााल सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना मन्त्री रेखा शर्माले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई आफ्नो क्षेत्राधिकार बुझ्न आग्रह गरेकी छन् । बुधबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सेन्सर बोर्डले संवाद हटाउन लगाएर नै प्रदर्शन अनुमति दिएको बताईन् ।

मन्त्री शर्माले मन्त्रालयअन्तर्गत रहेको सेन्सर बोर्डले विवादित संवाद हटाउन लगाएर नै प्रदर्शन अनुमति दिएको प्रष्टीकरण दिइन् । शर्माले ‘आदिपुरुष’मा सीतालाई भारतीय छोरी भन्ने आशयले भावना व्यक्त भएको पाइएपछि त्यसलाई हटाउने निर्णय गरेरै सेन्सर बोर्डले प्रदर्शन अनुमति दिएको र यस चलचित्रको मूल अंशबाट नै संवाद हटाउने विषयमा पराराष्ट्र मन्त्रालयलाई पत्राचार गरिसकेको उल्लेख गरिन् ।

पत्रकार सम्मेलनको क्रममा मन्त्री शर्माले सबैले आफ्नो क्षेत्राधिकार बुझ्नुपर्छ बताउँदै स्टन्ट र भावनामा खेल्ने भन्दा पनि यसको दीर्घकालिन समाधानका लागि सोच्नुपर्ने जिकिर गरिन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu