हिन्दी चलचित्रलाई प्रतिबन्ध गरेका बालेन विरुद्ध उच्च अदालतमा रिट दायर



काठमाडौँ।
काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध उच्च अदालत पाटनमा रिट दायर भएको छ । भारतको चलचित्र ‘आदिपुरुष’को मूल कपीबाट नै विवादित संवाद नहटाए काठमाडौँ महानगरका कुनै पनि हलमा कुनै पनि हिन्दी चलचित्र प्रदर्शन गर्न नदिने घोषणा गरी चलिरहेको चलचित्र ‘आदिपुरुष’ बन्द गराएपछि नेपालभरका चलचित्र हलहरुको छाता संगठन नेपाल चलचित्र संघले रिट दायर गरेको हो ।

बुधबार दिउँसो चलचित्र संघको रिट दर्ता भएको बताईएको छ । संघले काठमाडौंका हलमा हिन्दी चलचित्र प्रदर्शन फुकुवा गर्न अन्तरिम आदेश पनि माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu