
काठमाडौँ।
उच्च अदालत पाटनले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको विरुद्ध अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। शाहले काठमाडौँ महानगर भित्रका हलहरुमा सबै भारतीय चलचित्रहरुको प्रदर्शनमा रोक लगाएपछि उक्त कदम विरुद्ध नेपाल चलचित्र सङ्घले रिट दायर गरेको थियो।
रिटमा बिहीबार सुनुवाइ गर्दै न्यायाधीश धिरबहादुर चन्दको एकल इजलासले सेन्सर बोर्डले अनुमति दिएका कुनै पनि चलचित्रको प्रदर्शन नरोक्न आदेश जारी गरेको हो। यो बिषय छलफलका लागि १२ असारमा अदालतले दुवै पक्षलाई बोलाएको छ।
भारतीय चलचित्र आदिपुरुषमा सीतालाई भारतकी छोरी भनेको आशय बुझिएपछि यसको मूल कपिबाट नै सो संवाद सच्याउनुपर्ने भन्दै मेयर शाहले काठमाडौँ भित्र सबै हिन्दी चलचित्रको प्रदर्शनीमा रोक लगाएका थिए।