‘परस्त्री’को लिरिकल गीतमा चलचित्रको कथा



काठमाडौँ।
यही असार १५ गते रिलिज हुने नेपाली चलचित्र ‘परस्त्री’को लिरिकल गीत सार्वजनिक गरिएको छ । मुख्य पात्र आभ्याको जन्मदिनको सेटअपका तयार पारिको सार्वजनिक गीतले चलचित्रको कथाको बारेमा प्रस्ट्याउने बताईएको छ ।

‘जीवन भनेको’ बोलको गीतमा मुख्य कलाकार कोशिस क्षेत्री, शिल्पा मास्के र गौरव बिष्टका चल अचल दृश्यहरु समावेश गरिएको छ । केके ब्रोदर्सको कम्पोज तथा शब्द रचना रहेको गीतको संगीत संयोजन उदयराज पौडेलले गरेका हुन् । डिएस डिजिटलको व्यानरमा निर्माण भएको चलचित्र नेपाली र हिन्दीमा रिलिज हुनेछ ।

विवाहेत्तर सम्बन्धले निम्त्याउने पारिवारिक र सामाजिक संकटको कथाबस्तुमा निर्माण भएको चलचित्रको निरज कँडेल छायांकन गरेका हुन् । सुरज पाण्डेको डेव्यु निर्देशन रहेको चलचित्रमा कोशिस, शिल्पा र गौरवका अलवा अलिसा क्षेत्री, अशान्त शर्मा, रामबाबु रेग्मी, सरस्वती अधिकारी, झकेन बिसी र अर्पित न्यौपानेको अभिनय रहेको छ ।

चलचित्रमा शर्मिला पाण्डे र दीपेन्द्र के खनालले निर्माणमा सहकार्य गरेका छन् । खनाल चलचित्रका लेखकसमेत हुन् । पोस्टर रिलिजसँगै चर्चामा रहेकको चलचित्रको सार्वजनिक गीत र ट्रेलरले पनि दर्शकको मन जितेका छन् । थ्रिलर जनरामा निर्माण भएको चलचित्रलाई जिजिए ग्रुप र डिसिएनले वितरण गर्दैछन् ।

गीतः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu