
काठमाडौँ।
लोकप्रिय हाँस्य कलाकार जोडी सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली)ले निर्माण गरेको वेब चलचित्र ‘मत मर्छु कि क्याहो’ यूट्युबमार्फत सार्वजनिक गरिएको छ । कोरोना कहरको समयमा चितवन आसपासमा खिचिएको यो चलचित्र यसअघि ओटिटी प्लेटफर्म ‘ओहो मुभिज्’मा राखिएको थियो । धुर्मुस्-सुन्तली यूट्युब च्यानलमार्फत सोमबार सार्वजनिक गरिएको हो ।
चलचित्रमा धुर्मुस र सुन्तलीसँगै रबि गिरी, बुद्दि तामाङ, बिजय बराल, पल्पसा डंगोल, बलदिप राई, सुमन कार्की, सुमन कोइराला, प्रमिला खनाल, घनश्याम गौतम, सुनिता घिमिरे, पुष्पा आचार्य र सुशिला थापाको अभिनय रहेको छ । लेखन तथा निर्देशन धुर्मुस र सुन्तली दुवैले गरेका छन् ।
चलचित्र हेर्नुहोस्ः


