परस्त्री टिमलाई मुम्बईमा सम्मान



काठमाडौँ।
प्रचारको लागि भारतमा पुगेको चलचित्र ‘परस्त्री’को टिमलाई मुम्बईमा सम्मान गरिएको छ । आइतबार संयुक्त नेपाली महासंघ मुम्बईले चलचित्र टिमलाई सम्मान तथा सत्कार गरेको हो ।

सम्मान पश्चात पत्रकार सम्मेलन आयोजना भएको थियो । विवाहोत्तर सम्बन्ध र त्यसको सामाजिक असरको कथामा बनेको यो चलचित्र सुरज पाण्डेले निर्देशन गरेका हुन् । चलचित्रमा शिल्पा मास्के, कोशिस क्षेत्री, गौरव बिष्ट, अलिसा क्षेत्री, अशान्त शर्मा, रामबाबु रेग्मी, सरस्वती अधिकारी, झकेन बिसी र अर्पित न्यौपानेको अभिनय रहेको छ ।

डीएस डिजिटलको ब्यानरमा निर्माण भएको चलचित्रमा शर्मिला पाण्डे र दीपेन्द्र के खनालले निर्माणमा सहकार्य गरेका छन् । खनाल चलचित्रका लेखकसमेत हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu