
काठमाडौँ।
यो शुक्रबार रिलिज हुने चलचित्र ‘परस्त्री’को हिन्दी भर्सन नेपालमा रिलिज नहुने भएको छ । प्रचारको लागि भारतमा रहेकी निर्मात्री शर्मिला पाण्डेले नेपालमा नेपाली भाषामा मात्र चलचित्र प्रदर्शन हुने बताएकी छन् । सोशल मीडियामा लेख्दै पाण्डेले हिन्दी संस्करण भारतमा मात्र रिलिज हुने बताएकी हुन् ।
भारतमा भएका विभिन्न पत्रकार सम्मेलनहरुमा ‘परस्त्री’ टिमले सहभागिता जनाईरहेको छ । सम्मेलनमा निर्मात्री पाण्डे सहित निर्देशक सुरज पाण्डे, अभिनेत्री शिल्पा मास्के र अभिनेता गौरव बिष्ट सहभागि भएका छन् ।
निर्देशक पाण्डेले चलचित्रको बिषय यूनिभर्सल भएकोले संसारभरका दर्शकको लागि चलचित्र बनेको दाबी गरेका छन् । चलचित्रमा कोशिस क्षेत्री, शिल्पा मास्के, गौरव बिष्ट, अलिसा क्षेत्री, अशान्त शर्मा, रामबाबु रेग्मी, सरस्वती अधिकारी, झकेन बिसी र अर्पित न्यौपानेको अभिनय रहेको छ । दीपेन्द्र के खनाल चलचित्रका लेखक हुन् ।