श्वेताले केपि ओली भेटेपछि कांग्रेस परित्याग गरेको हल्ला



काठमाडौँ।
गत बर्ष नेपाली कांग्रेस प्रवेश गरेकी श्वेता खड्काले मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओली भेटेकी छन् । उनि ओली भेट्न उनको निवास बालकोट पुगेकी हुन् । उनि श्रीमान र छोरीसहित बालकोट पुगेकी थिइन् । फेसबुकमा केहि फोटोहरु शेयर गर्दै उनले ‘सम्मनानीय पूर्वप्रधानमन्त्री केपी बुवाहजुरसँग ब्रीआनाको पहिलो भेट’ लेखेकी छन् । उनले ‘काम ठुलो हुन नपर्ने, जे गर्छौं प्रेम पुर्वक गर्दा सदैव लक्ष्मीको बास हुने’ लेखेकी छन् ।

श्वेताले ओलीसँग भेट्नुमा कुनै राजनीतिक प्रसंग भने खुलाएकी छैनन् । श्वेता ओली निवास पुगेकी समाचार लेख्दै मेनस्ट्रिम मीडिया दैनिकी डटकमले ‘ओलीसँगको भेटलाई एमालेवृत्तमा उनी पार्टी प्रवेश गर्न लागेको भनेर चर्चा गरिएको’ उल्लेख गरेको छ ।

खड्काले कुनै व्यक्तिगत स्वार्थ नराखी स्वच्छ रुपमा सामाजिक विकास र विशुद्ध सेवाको भाव बोकेर आफूलाई नेपाली कांग्रेसको असल कार्यकर्ता भएर चिनाउन प्रयास गर्ने वाचा सहित २०७९, बैशाख २० गते श्रीमान् विजयन्द्र सिंह रावतसहित नेपाली कांग्रेस प्रवेश गरेकी थिइन् । उनले आफू एउटा कलाकार र व्यवसायी पनि भएको नाताले नेपाली कांग्रेसभित्र रहेर तमाम व्यवसायीहरु र कलाकर्मीहरुको हक-हितको निमित्त सधैं आवाज बुलन्द गर्ने बताएकी थिइन् ।

नेपाली कांग्रेस प्रवेशको क्रममा अभिनेत्री खड्कालाई कांग्रेस सभापति शेरबहादुर देउवाले टिका लगाएर सदस्यता दिँदै ।

प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले उनीहरुलाई खादा लगाएर पार्टीमा स्वागत गरेका थिए । श्वेतासँगै अभिनेताद्वय भुवन केसी र रविन्द्र खड्का पनि नेपाली कांग्रेस प्रवेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu