हिन्दी चलचित्र प्रकरणमा बालेन विरुद्ध अदालतको आदेश



काठमाडौँ।
उच्च अदालत पाटनले हिन्दी चलचित्रलाई काठमाडौँ महानगरमा प्रतिबन्ध गरेका मेयर बालेन शाह विरुद्ध अन्तरिम आदेश जारी गरेको छ । मंगलबार जारी आदेशमा अदालतले शाहलाई भारतीय चलचित्र प्रदर्शनमा रोक लगाउने अधिकार नभएको प्रारम्भिक निष्कर्ष निकालेको छ ।

आदेशमा कुनै पनि हिन्दी चलचित्रलाई रोक लगाउने अधिकार काठमाडौँ महानगरपालिका तथा सोका प्रमुखलाई नभएको उल्लेख गरिएको छ । “… भारतीय फिल्म आदिपुरुषमा समावेश भएको आपत्तिजनक शब्दको बिषयलाई लिएर उक्त फिल्म निर्माता बाहेकका अन्य फिल्म निर्माताहरुबाट निर्मित अनुमति प्राप्त भारतीय फिल्म प्रदर्शनमा समेत रोक लगाउन सक्ने गरी काठमाडौँ महानगरपालिका तथा सोका प्रमुखलाई स्तानीय सरकार संचालन ऐन, २०७४ लगायत प्रचलित कानूनले अधिकार प्रदान गरेको नदेखिंदा प्रस्तुत निवेदनको अन्तिम टुङ्गो नलागेसम्म अनुमति प्राप्त भारतीय फिल्म प्रदर्शनमा रोक लगाउने कार्य नगर्नु नगराउनु …” आदेशमा भनिएको छ ।

भारतीय चलचित्र आदिपुरुषमा जानकी भारतकी छोरी हुन् भन्ने संवाद रहेको थाहा भएपछि नेपालमा सेन्सर भएतापनि यसको मूल कपीबाट नै उक्त संवाद हटाउन मेयर बालेन शाहले निर्माण पक्षलाई आग्रह गरेका थिए । तीन दिनभित्र त्यसो नभए काठमाडौँ महानगरपालिकाभित्रका हलमा कुनै पनि हिन्दी चलचित्र रिलिज हुन नदिने उनले बताएका थिए । बालेको बिपक्षमा नेपाल चलचित्र संघले दायर गरेको रिटमा न्यायाधीशहरु हरिप्रसाद पौडेल र नारायणप्रसाद पौडेलको इजलासले बालेको विरुद्धमा आदेश जारी गरेको हो ।

असार ७ गते नै न्यायाधीश धिरबहादुर चन्दको इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै हिन्दी चलचित्रमा रोक नलगाउन भनेको थियो । मंगलबार भने दुबै पक्षको छलफलपछि अन्तरिम आदेश जारी भएको हो ।

यस्तो छ अन्तरिम आदेशः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu