दिपक रौनियारको निर्देशनमा मिस नेपाल निकिताले अभिनय गर्दै



काठमाडौँ।
कबड्डी’ सिरिजका निर्देशक रामबाबु गुरुङले निर्माण गर्ने तथा ‘हाईवे’ तथा ‘ह्वाइट सन’ फेम निर्देशक दिपक रौनियारले निर्देशन गर चलचित्र ‘राजागन्ज’मा मिस नेपाल २०१७ निकिता चाण्डकले अभिनय गर्ने भएकी छन् । चाण्डकले ‘साङ्लो’चलचित्रपछि दोश्रो चलचित्रमा अभिनय गर्न लागेकी हुन् ।

यो चलचित्रमा निकिताका अलावा अर्की एक अभिनेत्रीले मुख्य भूमिका निर्वाह गर्नेछिन् । यो चलचित्रलाई पुलिस थ्रिलरको जनरामा राखिएको छ । चलचित्रमा दयाहाङ राई र अभिनेत्री आशा मंगरातीको पनि प्रमुख भूमिका रहनेछ । साथै, ऋचा शर्मा, पशुपति राई, विजय बराल, गौमाया गुरुङ, घनश्याम मिश्रा, आरती मण्डल तथा पुष्पा यादवको अभिनय रहनेछ ।

यसको छायाङ्कन साउन १२ गतेदेखि सुरु हुने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu