
काठमाडौँ।
चलचित्र ‘हात्तीछाप’को वर्कशप सुरु भएको छ । आइतवारदेखि सुरु भएको वर्कशपमा फिल्मका मुख्य कलाकारहरु दयाहाङ राई, उपासना सिंह ठकुरी लगायत सहभागी रहेका छन् ।
यो चलचित्रलाई सिमोस सुनुवारले निर्देशन गर्दैछन् । केहि दिनमा छायाङ्कनमा जाने तयारी रहेका यसका निर्माता किरण नेपालीले जानकारी गराए । चलचित्रका लेखक प्रदीप भारद्धाज हुन् ।
यस चलचित्रमा अभिनेता सौगात मल्लको पनि मुख्य भूमिका रहेनछ । दया, सौगात, उपासनाको साथमा विल्सन विक्रम राई, गौरव पहारी, वुद्दि तामाङ, बिजय बराल, कमलमणी नेपाल, राजन खतिवडा, पुस्कर गुरुङ, प्रकाश घिमिरे, बिनोद न्यौपाने, कबिता आले, सुष्मा निरौला, रविन्द्र झा, रीयर राई, अनुप न्यौपाने, काजल रिमाल लगायतका कलाकारको अभिनय रहनेछ ।


