‘सोचे जस्तो हुन्न जीवन’का रचनाकार अधिकारीविरुद्ध पक्राउ पुर्जी



काठमाडौँ।
दशकौँ अगाडी तारादेवीले गाएको बहुचर्चित गीत ‘सोचे जस्तो हुन्न जीवन’का गीत रचयिता प्रसिद्ध गीतकार दिनेश अधिकारी विरुद्ध पक्राउ पुर्जी जारी भएको छ। बालुवाटारस्थित ललिता निवास प्रकरणमा पूर्वसचिव समेत रहेका अधिकारीसहित ५ जना पूर्वसचिवविरुद्ध पक्राउ पुर्जी जारी भएको हो।

त्यस क्षेत्रको सरकारी जग्गा व्यक्तिको नाममा लैजाने निर्णयमा संलग्न भएको कारण तत्कालीन सचिवहरू युवराज भुसाल, दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारी र नारायणगोपाल मलेगोविरुद्ध प्रहरीले अनुसन्धानको शिलशिलामा अदालतबाट पक्राउ अनुमति लिएको हो।

टिकिन्छा गुठीमा जग्गा लैजान उठाइएको टिप्पणी आदेश सदर गरेका अधिकारी २०६८ माघ २३ देखि २०६९ कात्तिक १४ सम्म भूमिसुधार मन्त्रालयको सचिव थिए ।

सयौँ चर्चित गीतका रचनाकार अधिकारीका गीतहरु तारादेवी, नारायण गोपाल, गोपाल योञ्जन सहित पछिल्लो पुस्ताका गायक गायिकाहरुले समेत गाएका छन्। उनका ‘सोचे जस्तो हुन्न जीवन’, ‘तिमी यसै लजायौ’, ‘यो सम्झिने मन छ’, ‘पहाड झुक्नु पर्छ’, ‘जिन्दगी यो यस्तै छ’ लगायतका थुप्रै गीतहरु चर्चित छन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu