‘नाङ्गो गाउँ’को पोष्टर सार्वजनिक



काठमाडौँ।
दीपेन्द्र लामाले लेखन तथा निर्देशन गरेको नेपाली चलचित्र ‘नाङ्गो गाउँ’को पोष्टर सार्वजनिक गरिएको छ । बिहिवार सार्वजनिक पोष्टरलाई राजनीतिक पृष्ठभूमीमा तयार पारिएको छ ।

यस चलचित्रमा दयाहाङ राई, मिरुना मगर, कर्मा, साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भूमिका छ । पोष्टरमा यी सबै कलाकारहरुको साथमा शिशिर वाङ्देल, वुद्दि तामाङ, विशाल पहारी, रविन्द्र झा लगायतका कलाकारहरुलाई पनि देख्न सकिन्छ । हिमाल शर्माको प्रस्तुतिमा बनेको यो चलचित्र भदौ २९ गते रिलिज गर्ने लक्ष्य राखिएको छ । यसका निर्माता जय श्रेष्ठ हुन् भने राम श्रेष्ठ कार्यकारी निर्माता हुन् । चलचित्रलाई आलोक शुक्लाले छायाङ्कन गरेका छन् ।

बनिष शाहको सम्पादन रहेको यो चलचित्रमा एसडी योगी र दीपक शर्माको संगीत, रामजी लामिछानेको कोरियोग्राफी छ । राजनीतिको कारणले एउटा गाउँमा कति ठूलो समस्या उत्पन्न हुँदैछ र त्यसले कस्तो प्रभाव पारेको छ भन्ने कथालाई चलचित्रमा प्रस्तुत गरिएको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu