
काठमाडौँ।
नेपाली सुगम संगीतको दुनियामा जमेको प्रोडक्शन हाउस आर्टमान्डूले अब चलचित्र बनाउने भएको छ । विपिन कार्की र मिरुना मगरको शीर्ष भूमिका रहनेगरी आइतवार काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी यो चलचित्रको घोषणा गरिएको हो ।
यो चलचित्रलाई लेखन तथा निर्देशन गर्नेछन् । उनले आर्टमान्डूमार्फत यसअघि तीनपाते, घुमीघुमी, फूलथुंगे रानी, चन्द्रमा, पाहुना हजुर, सुनाखरी, के माया लाग्छ र, बटौली जस्ता दर्जन भन्दा बढी म्युजिकल भिडियो निर्माण गरेका थिए । यसअघि चलचित्र ‘लालपूर्जा’मा मिरुना र विपिनले एकसाथ काम गरेका थिए ।

कार्यक्रममा निर्देशक चौहानले अब चलचित्रको अभिभारा थपिएको बताए । “म्युजिकल फिल्म बनाइरहँदा फिचर्ड फिल्मबाट अर्गानिक स्वादको कथा भन्ने सोच बनाइरहेको थिएँ। घोषणा आज गर्न पाउँदा खुसी छु । ममाथि अभिभारा थपिएको छ। राम्रो र फरक सिनेमा बनाउन मेरो प्रयास रहनेछ,” उनले भने । निर्देशक चौहानसँग यसअघि दुई गीतहरू ‘बटौली र घुमीघुमी’मा काम गरेका अभिनेता कार्कीले यो चलचित्र आफ्नो लागि विशेष हुने बताए । उनले भने, “नवीनजीको कामप्रति मलाई पूर्ण विश्वास छ । यो चलचित्रमा धेरै कुरा समेटिएको छ । नयाँपनसँगै राम्रो हुनेमा विस्वस्त छु ।” त्यस्तै, अभिनेत्री मगरले आफू पहिल्यैदेखि आर्टमाण्डूले गरेका कामहरूको प्रशंसक भएकाले सहकार्य गर्न उत्सुक भएको बताइन् । उनले भनिन्, “जुन क्यारेक्टर मलाई नवीन जीले भन्नुभयो, सुन्दा नै गुजबम आएको थियो। गीत पनि सुन्दा एकदमै कहिले सुटमा जाने होला भनेर आतुर भइरहेको छु।”
यसमा विपिन र मिरुनासँगै एलेक्स पारस, परीक्षा लिम्बु, अनिल सुब्बा लगायतका कलाकारहरू तय भईसकेका छन् । यसअघि ‘हल्कारा’ चलचित्रबाट अन्तराष्ट्रिय अवार्ड विजेता सिनेमाटोग्राफर चिन्तनराज भण्डारी छायाँकार हुन् । मंसिरको पहिलो साताबाट फ्लोरमा जाने यसका सम्पादक कृष्ण भण्डारी, पार्श्व संगीत कोबिद बज्रको हुनेछ ।
चलचित्र घोषणा गर्नुअघि गायक सुजन चापागाईंले यसको शीर्ष गीतको लाइभ प्रस्तुति दिएका थिए । यस चलचित्रमा सुजन र गायिका झुमा लिम्बु सङ्गीत निर्देशक छन् । घोषणासँगै यो चलचित्रको शीर्ष गीतलाई पनि सार्वजनिक गरिएको छ । यो गीतका शब्दकार हर्क साउद हुन् ।
गीत: