‘जय हो’को गीत रिलिज



काठमाडौँ।
भाद्र ८ गरे तिलिज हुने नेपाली चलचित्र ‘जय हो’को गीत ‘जोमसोमको डाँडैमा’ सार्वजनिक गरिएको छ । सोमवार काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी शुरेस लामा र अस्मिता अधिकारीको स्वरमा रहेको गीत सार्वजनिक गरिएको हो । यस गीतमा शम्भुजित बास्कोटाको शब्द तथा सङ्गीत रहेको छ ।

यसको भिडियोमा चलचित्रका प्रमुख कलाकारहरू अर्पण थापा, सलोन बस्नेत, केकी अधिकारी, निशा अधिकारी र माओत्से गुरुङलाई राखिएको छ । उनिहरूको साथमा प्रेम पाण्डे, दिपा शाक्य श्रेष्ठ, सुबि मगर, सुमिन गुरुङ, सुशान्त श्रेष्ठ लगायतका कलाकारको पनि अभिनय रहेको छ । चलचित्रका निर्देशक टेक पौरखी राई हुन् । मुख्य सहायक निर्देशक दिप्तप्रकाश अधिकारी हुन् ।

सलोन सलिना फिल्म्सको व्यानरमा बनेको चलचित्रका प्रस्तुतकर्ता शोभित बस्नेत हुन् ।

गीतः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu