
काठमाडौँ।
‘भुवन चैत्य बसुन्धारा फाउण्डेसन’द्वारा प्रदान हुने वि.सं. २०७८ र २०७९ सालको ‘भुवन चैत्य बसुन्धरा पुरस्कार’ घोषणा गरिएको छ । फाउण्डेसनद्वारा जारी प्रेस विज्ञप्तीमा २०७८ सालको हरिश–भुवन चन्द पुरस्कार विशिष्ट चलचित्रकर्मी यादव खरेल र ०७९ सालको हरिश–भुवन चन्द पुरस्कार विशिष्ट चलचत्रकर्मी नीर शाहलाई अर्पण गर्ने निर्णय गरिएको जनाईएको छ ।
यस्तै, विशिष्ट संगीतकर्मी गणेश रसिकलाई २०७८ र विशिष्ट चलचित्रकर्मी अभिनेता शिव श्रेष्ठलाई २०७९ सालको चैत्यदेवी पुरस्कार दिने निर्णय भएको छ । विशिष्ट चलचित्रकर्मी अभिनेत्री मिथिला शर्मालाई २०७८ साल र विशिष्ट चलचत्रिकर्मी अभिनेत्री शर्मिला मल्ललाई २०७९ सालको चेतनारायण–बसन्धरा भुसाल पुरस्कार अर्पण गर्ने निर्णय भएको छ ।
वि.सं २०७५ सालमा स्थापना भएको भुवन चैत्य बसुन्धरा फाउण्डेसनले नेपाली कला, संस्कृति र रंगमन्च, गीत, संगीत साहित्य समाजसेवाका साथै नेपाली चलचित्रको विभिन्न विधाका सर्जक, श्रष्टा र व्यक्तित्वहरुको योगदान र साधनाको सम्मान गर्दै पुरस्कार र लिखत–पत्र प्रदान गर्दै आएको छ । पुरस्कारको राशी जनही रु ५१०००।- रहेको छ । पुरस्कार साउनको तेस्रो हप्तामा विशेष समारोहको आयोजना गरी प्रदान गरिने बताईएको छ ।


