
काठमाडौँ।
गत असार २१ गते दिवंगत अभिनेता सारुक ताम्राकारको चिरशान्तिको कामना गर्दै बुधवार साझ काठमाडौँको बौद्ध स्तूपा क्षेत्रमा दीप प्रज्ज्वल गरिएको छ । सो कार्यक्रममा परिवारका सदस्यहरु, कलाकारहरु तथा सर्वसाधारणले श्रद्धाञ्जली अर्पण गरेका छन् ।
दीप प्रज्ज्वलनमा मलिना जोशी, बेनिशा हमाल, सुष्मा कार्की, श्रद्धा क्षेत्री, भ्लगर सिसन बानियाँ, गायक नितेशजंग कुँवर, पूर्वबैंकर अनिल केशरी शाह, लेखक सम्पदा मल्ल, निर्देशक रेनशा वान्तवा राई, निर्माता प्रज्वल सम्सेर राणा, पूर्वमिस नेपाल अश्मी श्रेष्ठलगायत उपस्थित थिए ।
सारुकले आफ्नै घरमा आत्महत्या गरेका थिए । प्रहरीले पनि उनको आत्महत्याको बारेमा अनुसन्धान गरिरहेको छ ।