गत आर्थिक वर्षमा ‘छक्का पञ्जा ४’ सबैभन्दा हिट, कुन चलचित्रले कति कमाए ?



काठमाडौँ।
आर्थिक वर्ष २०७९।८० मा नेपालमा प्रदर्शन भएका नेपाली र विदेशी चलचित्रहरूको ग्रस बक्स अफिस कलेक्शन रिपोर्ट सार्वजनिक गरिएको छ । चलचित्र विकास बोर्डले एक सूचना जारी गर्दै ग्रस कलेक्शनसँगै प्रदर्शन सुरू भएको मिति र टिकट बिक्री सङ्ख्या सहितको विवरण सार्वजनिक गरेको हो ।

नेपाली चलचित्रतर्फ २०७९ फागुन १९ मा रिलिज भएको ‘छक्का पञ्जा ४’ले सर्वाधिक सत्र करोड बाउन्स लाख उनान्सय हजार एक सय उन्साठी ग्रस कलेक्शन गरेको छ भने सबैभन्दा कम २०७९ भाद्र ३१ मा रिलिज भएको चलचित्र ‘सिवानी’ले मात्र पाँचसय बीस रुपैयाँ कलेक्शन गरेको छ । त्यस्तै, विदेशी चलचित्रतर्फ भारतीय चलचित्र ‘पठान’ले तेह्र करोड अट्ठाईस लाख आठ सय दश रुपैयाँ कलेक्शन गरेको छ । सबैभन्दा कम भोजपुरी चलचित्र ‘रिश्तो का बटवरा’ले दुई हजार एक सय साठी कलेक्शन गरेको छ ।

गत आर्थिक वर्षमा ५७ वटा स्वदेशी चलचित्रहरू रिलिज भएका छन् । स्वदेशी चलचित्रहरूको २७,१६,२१७ थान टिकट बिक्रिसहित जम्मा ग्रस व्यापार ७६,७२,५७,००१/- (छहत्तर करोड बहत्तर लाख सन्ताउन्न हजार एक रुपैयाँ मात्र) भएको छ । गत आर्थिक वर्षमा ७८ वटा विदेशी चलचित्रहरू नेपालमा प्रदर्शन भएका छन् । यि चलचित्रहरूको २५,८५,६०२ थान टिकट बिक्रिसहित जम्मा ग्रस व्यापार ७९,४३,०४,७४८.७०/- उनासी करोड त्रिचालिस लाख चारहजार सात सय अठचालिस रुपैयाँ सत्तरी पैसा मात्र)भएको छ ।

प्रदर्शनरत दुर्इ नेपाली कथानक चलिचत्रहरू बगान र जारी तथा दुर्इ विदेशी चलचित्रहरू Mission Impossible – Dead Reckoning Part One र Resident Evil: Death Island को गत आर्थिक वर्षको अन्तिम दिन २०८० असार ३१ सम्मको रिपोर्ट समावेश गरिएको छ ।

हेर्नुहोस् पूर्ण विवरण:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu