
काठमाडौँ।
क्राइम–थ्रिलर नेपाली चलचित्र ‘अदृश्य’को ट्रेलर सार्वजनिक भएको छ । प्रल्हाद काफ्लेको निर्माण तथा निर्देशन रहेको यसमा प्रमोद अग्रहरि, सोहित मानन्धर, रिस्ता बस्नेत, प्रवीण खतिवडा, छुल्ठिम गुरुङ, रवि गिरी लगायतले अभिनय गरेका छन् ।
एक युवतीको बलात्कारपछि हत्या भएको र त्यसको अनुसन्धानमा राजनीतिक दलका नेताले पारेको अवरोधलाई ट्रेलरमा देखाईएको छ । यो चलचित्र श्रावण १९ गते रिलिज हुँदैछ ।
ट्रेलरः


