
काठमाडौँ।
शेर्पा चलचित्रकी चर्चित नायिका छिरिङ शेर्पाले नेपाली चलचित्रमा अभिनय गर्ने भएकी छन् । यम शेर्पाको निर्देशनमा बन्ने चलचित्रकी ‘कार्साङ’बाट उनले नेपाली चलचित्रमा डेब्यू गर्न लागेकी हुन् ।
शेर्पा टेलिभिजन रियालिटी शो ‘डान्सिङ स्टार नेपाल सिजन २’को विजेता समेत हुन् । उनले विश्वकै सर्वाधिक उचाईमा कोरियोग्राफी तथा नृत्य गरेर गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम समेत राखेकी छन् । उनले ५६ सय मिटरको उचाईमा अवस्थित कालापत्थरमा कोरियोग्राफी र नृत्य गरेकी थिईन् ।
यो चलचित्रमा दयाहाङ राई र बुद्धि तामाङ् अनुबन्धित भईसकेका छन् ।