
काठमाडौँ।
ओस्कार इन्टरनेशनल कलेज (कलेज अफ फिल्म स्टडिज्)ले ‘प्रथम यूवा लघु चलचित्र प्रतियोगिता’ आयोजना गरेको छ । २० वर्षमुनिको उमेर समूहका युवाले सहभागिता जनाउन पाउने गरी आयोजित यो प्रतियोगितामा सहभागि हुन आगामी भदौ २२ गतेभित्र आफ्नो चलचित्र दर्ता गराउनुपर्ने बताईएको छ ।
यसमा प्रथम हुनेलाई एक लाख रुपैयाँ, दोस्रो र तेस्रो फिल्मलाई क्रमशः ५० हजार र २५ हजार नगद प्रदान गरिने बताईएको छ । विजेता र स्पेसल मेन्सनमा पर्ने मेकरले ओस्कार कलेजमा भर्ना हुन चाहेमा ५० प्रतिशत छात्रवृत्तिसमेत पाउनेछन् ।


