
काठमाडौँ।
दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा बनेको नेपाली चलचित्र ‘नाङ्गो गाउँ’को टिजर सार्वजनिक भएको छ । औषतभन्दा लामो टिजर २ मिनेट ४५ सेकेन्डको रहेको छ । टिजरमा चुनावी सन्दर्भमा भएको राजनीतिक उतार चढावलाई देखाईएको छ ।
टिजरमा चलचित्र सबै प्रमुख पात्रहरूको परिचय गराउँछ । चलचित्रमा दयाहाङ राई इमान्दार शिक्षकको भूमिकामा छन् भने मिरुना मगर दयाको श्रीमतीको भूमिकामा छन् । शिशिर वाङ्देल गाउँका अध्यक्षको भूमिकामा छन् । साम्राज्ञी राज्यलक्ष्मी शाह नेताको छोरीको भूमिकामा छन् । कार्म शाक्य … भूमिकामा छन् । यो चलचित्रमा कमलमणि नेपाल, रविन्द्र झा, बुद्धि तामाङ, विशाल पहारी, राज थापा, अंकित खड्का, पुष्कर गुरुङ लगायतका कलाकारको अभिनय रहेको छ ।
केहि पनि अभाव नभएको भएतापनि नाङ्गो रहेको गाउँको राजनीतिक कथा भन्ने यो चलचित्र भदौ २९ गते रिलिज हुँदैछ । यसमा जय श्रेष्ठको निर्माण रहेको छ भने प्रस्तुतकर्ता हिमाल शर्मा हुन् । रामहरि श्रेष्ठ कार्यकारी निर्माता हुन् ।


