‘ऐँचो पैँचो’को गीत सार्वजनिक



काठमाडौँ।
नेपाली चलचित्र ‘ऐँचो पैँचो’को गीत सार्वजनिक भएको छ । बिहीबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमार्फत ‘काले केटाले’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतमा एकनारायण भण्डारीको शब्द रचना र आशिष अविरलको संगीत तथा एरेञ्ज रहेको छ भने अविरल र अस्मिता अधिकारीको स्वर रहेको छ ।

यो गीतमा स्वस्तिमा खड्का, मुकुन भुषाल, बर्षा राउत, सुशिल सिटौला, कोशिस क्षेत्री लगायतलाई गीतको भिडियोमा राखिएको छ । सार्वजनिक गीतमा एलेक्स बिक पारस विशेष भुमिका देखिएका छन् । कविराज गहतराजले कोरियोग्राफी गरेका छन् । गीत रिलिज कार्यक्रममा प्रमुख अतिथिको रुपमा पुगेका प्रतिनिधि सभा सदस्य तथा पूर्व मन्त्री योगेश भट्टराईले चलचित्रलाई सफलताको शुभकामना दिए ।

आगामी भाद्र १४ गते रिलिज हुने यो चलचित्रमा रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रविन्द्र झा, सरिता गिरी, विशाल पहारी लगायतको पनि अभिनय रहेको छ । केपी फिल्मस्को ब्यानरमा निर्माण भएको यो चलचित्रलाई कृषा चौलागाईंले निर्देशन गरेकी छन् ।

प्रितम लामिछाने र आध्या लामिछाने निर्माता हुन् । यसमा अभिमन्यु निरवीको कथा, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, शुजिल कर्माचार्यको पार्श्व सङ्गीत, रेनिश फागोको कलर करेक्शन, सत्यम राणको भिएफएक्स, मुकेश शाहको साउण्ड डिजाइन तथा विपिन मल्ल र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।

गीत हेर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu