
काठमाडौँ।
अर्जुन सुवेदीले लेखन तथा निर्देशन गर्न लागेको नेपाली चलचित्र ‘रङ्गेली ग्याङस्टर’मा अभिनेत्री मिरुना मगर अनुबन्धित भएकी छन् । मगरले यो चलचित्रमा प्रमुख भूमिकामा अभिनय गर्नेछिन् ।
यसको पुष्टि गर्दै कार्यकारी निर्माता जीतेन्द्र खतिवडाले यसअघि यो चलचित्रमा अर्पण थापा पनि प्रवेश गरिसकेको बताए । यो चलचित्र भदौ २० गतेबाट छायाङ्कनमा जानेछ । खतिवडाले अर्को एक प्रमुख भूमिकाको लागि मौखिक रुपमा एक कलाकारको टुङ्गो लागेको भएतापनि लिखित सम्झौतापछि जानकारी दिने बताए ।
मोरङ्को रङ्गेलीमा छायाङ्कन हुने यो चलचित्रमा अभिनय गर्न केही कलाकारहरुको लागि भने ‘कास्टिङ कल’ गरिएको छ ।


