बैकुण्ठका तीन गीत एकसाथ रिलिज, दुई भिडियोमा सुरज



काठमाडौँ।
चलचित्र निर्माता एवम् गीतकार बैकुण्ठ प्रसाद उपाध्यायका तीन वटा गीतको भिडियो एकसाथ रिलिज भएका छन् । काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी गीतकार राजेन्द्र थापा, बरिष्ठ कलाकार सन्तोष पन्त र चलचित्र निर्देशक प्रकाश सायमीले तीनै गीतको संयुक्त विमोचन भएको हो ।

यि गीतहरुमध्ये दुई गीतको भिडियोमा अभिनेता यसराज गराचको अभिनय रहेको छ । गराचसँगै अभिनेत्री केकी अधिकारी, मिस पबी (पवित्रा खड्का), सन्दीप बाबु लोहनी, सत्या गिरीको अभिनय रहेको छ । सबै भिडियोको निर्देशन राजेश थापाले गरेका हुन् ।

गीतहरुमा बैकुण्ठ प्रसाद उपाध्यायको शब्द रचना रहेको छ । पुरुष र महिलाको अलग अलग भर्सनमा रहेको गीत ‘छाती किन पोल्छ’मा नारायण लामाको संगीत, स्वरुपराज आचार्य र अन्जु पन्तको स्वर रहेको छ । त्यस्तै, ‘मैले दिएको चोखो माया’मा कुमार थापाको संगीत र प्रताप दासको स्वर रहेको छ ।

भिडियोहरू हेर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu