शारुकका पिता अस्पताल भर्ना, चिन्ताले बनायो शिथिल



काठमाडौँ।
गत असार २१ गते आत्महत्या गरेका अभिनेता शारुक ताम्राकारका पिता कलाकार सानु ताम्राकार गम्भीर बिरामी परेका छन् । उनको अहिले काठमाडौँको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भईरहेको छ ।

छोराको देहान्तसँगै चिन्ताले शिथिल हुँदै गएका ताम्राकार शनिवार अस्पताल भर्ना भएका हुन् । मृगौलामा खराबी सँगै अत्याधिक चिन्ताले स्वास्थ्य गम्भीर भएको बुझिएको छ ।

३१ बर्षिय शारुकले काठमाडौँको रातोपुलस्थित आफ्नै घरमा झुन्डिएर आत्महत्या गरेका थिए । उनको आत्महत्याको कारण पत्ता लागेको छैन । परिवारले अनुसन्धानको लागि उजुरी दिएपनि किटानी जाहेरी भने दिएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu