कानून पढ्दै विश्वकै कान्छा निर्देशक सौगात



काठमाडौँ।
विश्वकै कान्छा चलचित्र निर्देशकको रूपमा गिनिज बुक अफ वर्ल्ड रेकर्डमा विश्व किर्तिमान राखेका सौगात बिष्टले उच्च शिक्षाको लागि कानून बिषय रोजेका छन् । अध्ययनको लागि उनले पूर्ण छात्रवृत्ति सहित मनास्लु वर्ल्ड कलेजमा कक्षा ११ मा भर्ना भएका छन् । मनास्लुले राष्ट्रिय प्रतिभा भएकोले विष्टलाई प्लस टू अध्ययनमा छात्रवृत्ति उपलब्ध गराएको जनाएको छ ।

सौगातले सन् २०१४ मा ७ वर्ष ३४० दिनको उमेरमा चलचित्र ‘लभ यु बाबा’ निर्देशन गरी किर्तिमानी कायम गरेका थिए । सो चलचित्रले समिक्षागत रूपमा समेत राम्रो प्रतिक्रिया पाएको थियो ।

एउटी आमा नभएकी बालिका जसलाई आमाको अभाव हुन नदिन आफ्ना पिताले गरेको संघर्षलाई चलचित्रले समेटेको छ । यसमा सौगातका पिता गजित विष्ट, सौगातकी दिदि संगम बिस्ट, अशिष्मा नकर्मी, निर्मल शर्मा, निश्मा घिमिरे आदिको मुख्य अभिनय रहेको छ ।

चलचित्रमा गजित बिस्टको कथा र गम्भीर बिस्टको पटकथा तथा संवाद, दिव्यराज सुबेदीको छायांकन, प्रितम पाण्डेको सम्पादन, सत्य-स्वरूप, डेनी निरौला, दिपक शर्मा र प्रदिप बास्तोलाको संगीत रहेको छ । अतिथी कलाकारको रुपमा अनु शाह पनि देखिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu