‘अदृश्य’ दर्शकको रोजाईमा पर्न सक्छः अग्रहरी



काठमाडौँ।
यो साता रिलिज हुने नेपाली चलचित्र ‘अदृश्य’का अभिनेता प्रमोद अग्रहरीले यो चलचित्र दर्शकको रोजाईमा पर्नसक्ने बताएका छन् । सोमवार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा चलचित्रका प्रमुख अभिनेता अग्रहरीले नेपालमा सस्पेन्स थ्रिलर कथामा कम चलचित्र बन्ने भएकोले यो चलचित्रले दर्शक पाउने आशा व्यक्त गरे ।

उनले भने, “पोस्टर, गीत र ट्रेलर दर्शकमाझ राम्रो छाप छोडेको छ । नेपालमा सस्पेन्स थ्रिलर कथामा निकै कम चलचित्र बन्छन् त्यसकारण यस्तो खालका चलचित्र दर्शकको रोजाईमा पर्न सक्छन् ।” आफ्नो लुक्सले पनि दर्शकलाई लोभ्याएको बताउँदै उनले कोरोना महामारीका बीच निकै संघर्षका साथ छायाङ्कन गरिएको बताए ।

सम्मेलनमा यसका निर्देशक प्रहाल्द काफ्ले र अभिनेता अग्रहरीको साथमा कलाकारहरू रवी गिरी, रिस्ता बस्नेत, प्रविन खतिवडा र प्रिन्स प्रसिड सिंह उपस्थित थिए । यसमा प्रमोद अग्रहरी, रिस्ता बस्नेत, सोहित मानन्धर, प्रविन खतिवडा, छुल्ठिम गुरुङ, रवी गिरी, सिएम भारद्धाज सुवेदी, विकेश प्रजापती, प्रिन्स प्रसिड सिंह थापा, गीत बिष्ट, सुरज बिष्ट, जसिता घिमिरे, सन्दीप बाबु लोहनी, रुपेश दाहाल, सुजन बज्राचार्य, अजित रेग्मी, रुपेश थापा, अभिमान सिंह बस्नेत र प्रतिक भुजेल लगायतका कलाकारको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu