
काठमाडौँ।
नेपालमा बनेको पहिलो नेपाली चलचित्र ‘आमा’का दुई अभिनेत्रीहरु बसुन्धरा भुसाल र चैत्यदेवी सिंह अनसनमा बसेका छन् । सहकारीमा फसेको आफ्नो रकम उठाइदिन र ठगी गर्ने सहकारीलाई कारवाही गर्न माग गर्दै उनिहरू काठमाडौँको माइतीघर मण्डलामा दशघण्टे अनसनमा बसेका हुन् । उनिहरू सोमवार राति १० बजेसम्म धर्ना बस्नेछन् ।
विगत दुई महिनायता सहकारी पीडितले माइतीघरमा धर्ना दिईरहेका छन् । यसैबीच भुषाल र सिंहले सो धर्नामा ऐक्यवद्धता जनाएका हुन् । उनिहरुको संस्था भुवन चैत्य बसुन्धरा फाउण्डेसनले सिभिल सहकारीमा जम्मा गरेको १५ लाख रुपैयाँ र आफन्त र परिवारका १४ जना सदस्यले जम्मा गरेको दुई करोड ६० लाख रुपैयाँ फसेको बताईएको छ ।
उनिहरुले प्रधानमन्त्रीदेखि दलका शीर्ष नेताहरुलाई भेटेर समस्याको समाधान गरिदिन आग्रह गर्दा समेत पहल नभएपछि धर्ना बसेको बताएका छन् ।
फोटो सौजन्यः गोपीकृष्ण चापागाईं


