‘वानर सेना’को गीत सार्वजनिक



काठमाडौँ।
चलचित्र ‘वानर सेना’को गीत सार्वजनिक गरिएको छ । ‘तिम्रो मनमा’ बोलको यस गीतमा चलचित्रका मुख्य कलाकार अर्पण गिरी र आरजु प्रसाईं फिचर्ड छन् । यस गीतमा निर्देशक गिरीको शब्द रचना तथा स्वर र जोन तामाङको संगीत रहेको छ ।

चलचित्रका निर्देशक अर्पण गिरी हुन् । यसमा अर्पण सहित आरजु प्रसाईं, किशोर खतिवडा, सुरवीर पण्डीत, अर्जुन गुरुङ, किशन बाबु बस्नेत, राजन निरौला, सुनिता श्रेष्ठ, सुरेश साहु, कमला बिष्ट, रमेश सोडारी, युवराज गिरी, राहुल यादव, ज्ञानेन्द्र थापा, बिशाल बराल, बालकलाकार मास्टर अमित पौडेल र बिशेष भुमिकामा कामेश्वर चौरासिया र तेजस्वी बास्कोटाले अभिनय गरेका छन् । यो चलचित्र दशैँमा रिलिज हुने बताईएको छ ।

गीतः

https://youtu.be/YrtmCDNqtQo
प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu