‘कार्साङ’मा दयासँग सुरक्षाको जोडी



काठमाडौँ।
यम शेर्पाको निर्देशनमा बन्ने नेपाली चलचित्र ‘कार्साङ’मा अभिनेत्री सुरक्षा पन्त अनुबन्धित भएकी छन्। निर्माण टिमले पन्तसँग मंगलवार सम्झौता गरेको हो।

पन्तलाई प्रमुख भूमिकाको लागि अनुबन्ध गरिएको हो। यसअघि दयाहाङ राई, बुद्धि तामाङ र नवनायिका छिरिङ शेर्पा अनुबन्धित भइसकेका छन्।

शेर्पा जातिको सामाजिक कथावस्तुमा निर्माण हुने निर्देशक शेर्पाले बताए। शेर्पाको यो डेब्यू निर्देशकीय फिल्म हो । तिहार लगत्तै छायांकनमा जाने यसमा बाह्रबिसे नगरपालिका र भोटेकोसी गाउँपालिका दृश्यहरु रहनेछन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu