
काठमाडौँ।
अर्जुन सुवेदीले लेखन तथा निर्देशन गर्न लागेको नेपाली चलचित्र ‘रङ्गेली ग्याङस्टर’मा अभिनेताद्वय दयाहाङ राई र प्रविण खतिवडा अनुबन्धित भएका छन् । निर्माता जीतेन्द्र खतिवडाले दुवै कलाकारले प्रमुख भूमिका निभाउने बताए ।
यसघि अभिनेत्री मिरुना मगर र अभिनेता अर्पण थापा पनि यो चलचित्रमा प्रमुख भूमिकामा प्रवेश गरेका थिए ।
यो चलचित्र भदौ २० गतेबाट छायाङ्कनमा जानेछ । मोरङ्को रङ्गेलीमा छायाङ्कन हुने यो चलचित्रमा अभिनय गर्न केही कलाकारहरुको लागि भने ‘कास्टिङ कल’ गरिएको छ ।


