‘हिँड्दा हिँड्दै’को ट्रेलर सार्वजनिक



काठमाडौँ।
मिलन आले मगर निर्देशित नेपाली चलचित्र ‘हिँड्दा हिँड्दै’को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा अभिनेताद्वय आकाश श्रेष्ठ र सलोन बस्नेतबीचको मित्रतासँगै प्रेममा आउने उतार-चढावलाई देखाईएको छ । यसमा रेखा शाहको प्रेममा रहेका आकाश दुर्घटनापछि टाढिन खोजिरहेको देखिन्छ ।

आकाश, सलोन र रेखासँगै सानिया खान, विकास थापा मगर, विमल श्रेष्ठ, बाल कलाकारमा अर्विन थिङ्गको पनि अभिनय रहेको छ । सुशील पंगेनीको लेखन रहेको चलचित्रमा सुमन कुमार तण्डुकारको छायांकन, गौतमराज खड्काको सम्पादन, देव महर्जनको द्वन्द्व, तारा प्रकाश लिम्बू तथा किरण माइकल घिमिरेको संगीत, कविराज गहतराज तथा सुरेन्द्र बसेलको कोरियोग्राफी छ । भदौ १ गते यो चलचित्र रिलिज हुँदैछ ।

ट्रेलरः

https://youtu.be/c7KoEiusPfw
प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu