
काठमाडौँ।
कृषा चौलागाईले निर्देशन गरेको चलचित्र ‘ऐँचो पैँचो’ ‘पब्लिसिटी’मा निस्किएको छ । बुधबार चलचित्र टिम चाबहिलस्थित एक कलेजले आयोजना गरेको ओरेन्टेसन कार्यक्रममा पुगेर औपचारिक पब्लिसिटी सुरू गरेको हो ।
अभिनेता सुशिल सिटौला, अभिनेता राजाराम पौडल र अभिनेत्री सारदा गिरी काली बुढी कलेज पुगेका थिए । त्यहाँ विद्यार्थीलाई चलचित्र हेर्न आग्रह गर्दै चलचित्रको गीत ‘काले केटाले’मा नृत्यसहित रमाईलो समेत गरिएको थियो ।
यस चलचित्रमा स्वस्तिमा खड्का, मुकुन भुषाल, बर्षा राउत, सुशिल सिटौला, कोशिस क्षेत्री, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रविन्द्र झा, सरिता गिरी, विशाल पहारी लगायतका कलाकारको अभिनय रहेको छ ।
प्रितम लामिछाने र आध्या लामिछाने निर्माता रहेको यस चलचित्रमा अभिमन्यु निरवीको कथा, पुरुषोत्तम प्रधानको छायाङ्कन, कविराज गहतराजको कोरियोग्राफी, शुजिल कर्माचार्यको पार्श्र्व सङ्गीत, रेनिश फागोको कलर ग्रेडिङ, सत्यम रााणाको भिएफएक्स, मुकेश शाहको साउण्ड डिजाइन, विनय राज पौडेलको मुख्य सहायक निर्देशन, विपिन मल्ल र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।


