केपि ओली र रिमा बिश्वकर्मा भेटघाटको तात्पर्य के हो ?



काठमाडौँ।
पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपिले नेपाली कला क्षेत्रप्रति निकै चासो राख्छन् । उनले समय समयमा कलाकाहरूलाई बालकोटस्थित आफ्नो निवासमा नै भेटघाट गर्ने गर्छन् । केहि हप्ता पहिले श्वेता खड्काले सपरिवार ओलिलाई भेटेपछि उनले नेपाली काङ्ग्रेस छोडेर एमाले प्रवेश गरेको चर्चा चलेको थियो । यसैबीच, अभिनेत्री रिमा बिश्वकर्माले ओलीलाई भेटेकी छन् ।

उनि बिहिवार ओली निवास बालकोट पुगेकी थिइन् । उनले त्यहाँ टेबुल टेनिस सम्म खेलेका थिइन् । भेटघाटपछि रिमाले केही फोटोहरू शेयर गर्दै फेसबुकमा लेखिन्, “खासमा सफल व्यक्तिहरूले सिकाउने संस्कार, सभ्यता र सरलता नै रैछ,नेता केपी ओलीका धेरै परिप्रेक्ष्यसँग मेरो सहमति नहोला तर व्यक्ति केपि बाचैं वास्तवमै प्रभावशाली लाग्यो । परिवर्तन रुचाउने नयाँ पुस्ताले यि पाका नेताको अनुभव पनि आत्मसात् गर्न सके नयाँ नेपाल साँच्चै गज्जबको बन्थ्यो होला !”

त्यतिमात्र होईन ओलीले शुक्रवार सबेरै विश्वकर्मासँग भेटघाट गरेको फोटो शेयर गर्दै दिनको सुरुवात भएको लेखेका छन् । “कलाकार रिमा बिश्वकर्मासँग आफ्नै घर बालकोटमा चिया पिउँदै गरेको यो तस्बिरसँगै सबैलाई नमस्कार, शुभ बिहानी ! तपाईंहरू पनि चियाको आनन्द लिनुस् है ! गुड फ्राइडे !”, ओलीले लेखेका छन् ।

रिमा र केपिको भेटघाटसँगै विभिन्न लख काट्न थालिएको छ । ओली आँफैले समेत फोटो शेयर गरेपछि कलाकारहरूलाई नेकपा एमाले प्रवेश गराउने ध्याउन्नमा उनि लागेको चर्चा चलेको छ । त्यसो त ओली आफुलाई भेट्ने जो कसैलाई पनि प्रभावमा ल्याउन सक्ने क्षमता राख्ने नेताको रूपमा चिनिन्छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu