‘जुलेबी’को ट्रेलर रिलिज



काठमाडौँ।
नेपाली चलचित्र ‘जुलेबी’को ट्रेलर सार्वजनिक गरिएको छ । यौन मनोविज्ञानलाई केन्द्रमा राखिएको ट्रेलर सात जना पात्रहरुको सम्बन्धको वरिपरि घुमेको छ ।

यसका लेखक तथा निर्देशक गणेशदेव पाण्डे हुन् । पाण्डेले आफ्नो जीवनको भोगाइबाट उत्पन्न भएको कथामा ‘जुलेबी’ बनाएको बताएका छन् । महिलाले भोग्ने सम्बन्धको कथा नै चलचित्रले बोल्ने निर्माता आभा शर्मा नेपालले बताइन् ।

चलचित्रमा सुरक्षा पन्त, निशा अधिकारी, उषा रजक, मोनिका थापा, सुशील सिटौला, पुष्कर कार्की, तुफान थापा, समीरमणी दिक्षितलगायतको अभिनय छ । यो चलचित्र भदौ १ गते रिलिज हुँदैछ ।

ट्रेलरः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu