काठमाडौँ।
अभिनेता आर्यन सिग्देल राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेशको चर्चा चलेको छ। आइतवार परेको जन्मदिनमा शुभकामना दिँदै सो पार्टीका एक नेताले पार्टी प्रवेशको चर्चा गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका गण्डकी प्रदेशका पूर्व प्रवक्ता तथा युवा नेता बोधराज रेग्मीले आफ्नो पार्टी प्रवेश गराउने इच्छा प्रकट गरेका छन्। फेसबुकमा उनले भनेका छन्, “जन्मदिनको शुभकामना ब्रोदर ! अभिनेता हुँदै अब नेता बन्नुपर्छ। रास्वपामा छिटै स्वागत गर्न पाईयोस्।”
रेग्मी २०७९ मङ्सिर ४ गते भएको प्रतिनिधि सभा निर्वाचनमा स्वतन्त्र पार्टीबाट स्याङ्जा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेका थिए। यद्यपि उनले जीत निकाल्न सकेका थिएनन्।
रेग्मी चलचित्र कलाकार समेत हुन्। आर्यन र रेग्मीले ‘नाइके’ नामक चलचित्रमा एकसाथ अभिनय गरेका थिए। सोही समयदेखि यि दुईको सम्बन्ध निकट छ।