
काठमाडौँ।
नेपाली चलचित्र ‘जय हो’को ट्रेलर सार्वजनिक गरिएको छ । भाद्र ८ गते रिलिज हुने यो चलचित्रको ट्रेलर अष्ट्रेलियाको रकडेलस्थित थर्डआई फङ्क्सन सेन्टरमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो । सो कार्यक्रममा अभिनेता सलोन बस्नेत पुगेका थिए ।
सलोनसँगै निर्माताद्धय सुरज ल्वागन (सरकार) र राज के अधिकारी सो कार्यक्रममा थिए भने हाल अष्ट्रेलिया बस्दै आएका दुई अभिनेताहरू आमेष भण्डारी र सुशान्त कार्कीको समेत उपस्थिति थियो । अभिनेता बस्नेत यतिबेला चलचित्र रिलिजको लागि अष्ट्रेलियामा छन् ।
टेक पौरखी राईद्वारा निर्देशित यस चलचित्रमा केकी अधिकारी, सलोन बस्नेत, माओत्से गुरुङ, निशा अधिकारी, अर्पण थापा, सुमिन गुरुङ, सुशान्त श्रेष्ठको लगायतको अभिनय रहेको छ । शोभित बस्नेत प्रस्तुतकर्ता रहेको चलचित्रमा सम्राट बस्नेतको द्वन्द्व निर्देशन, कविराज गहतराज, बनिश शाहको सम्पादन समीर मियाँको भीएफएक्स र सन्देश शाहको ट्रेलर रहेको छ ।
यसमा सुरेश न्यौपानेको कथा लेखन, सौरभ लामाको छायाङ्कन, शम्भुजित बाँस्कोटा र सागर आले मगरको सङ्गीत रहेको छ ।
ट्रेलरः