
काठमाडौँ।
लक्ष्मण रिजालको निर्देशन र रामप्रसाद रिजालको निर्माणमा बन्न लागेको नेपाली चलचित्र ‘काजी’को मुख्य भूमिकामा अभिनेता विपिन कार्की अनुबन्ध भएका छन्।
विपिनसँगै यस चलचित्रमा वर्षा सिवाकोटी, बिजय बराल, बुद्धी तामांग, सुमन कार्की, कैलाश कार्की लगायतको अभिनय रहने निर्माता रिजालले बताए। यसको छायांकन बेलायतमा हुने बताइएको छ।
निर्देशक रिजालले यसअघि ‘वान डे’,‘कसम’,‘धुवाँ यो नशा’,‘अलबिदा’ र ‘कायरा’ चलचित्रहरू निर्देशन गरेका छन्।


